इटहरीः सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा हिजो १९ जनासहित आज बिहानसम्म जम्मा एक सय ९७ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

संक्रमित हुनेहरुमा सञ्चारकर्मी, अधिकारकर्मी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित एक सय ९७ जना रहेकोधरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले बताए ।

उनका अनुसार धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा रहेका सम्भावित संक्रमितहरुको स्वाब परीक्षणबाट एक सय ९७ जना संक्रमितको पहिचान भएको हो ।