इटहरी : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको छ ।

यो सँगै धनकुटामा संक्रमितको संख्या ६३ जना पुगेको छ । ती मध्ये ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यू भएको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रभाव गर्दै आएको सेवा असोज २८ गते (आज) देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने, सम्पूर्ण कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा रहने, बोलाएको बेला उपस्थित हुने, अनलाईनबाट पनि सेवा प्रभाव गर्ने निर्णय गरिएको छ ।