इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा आज बिहान १२ः२० बजे एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका ३ स्थित बाँसबारी घर भएका ६० वर्षीय पुरुष रहेको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए ।
उनका अनुसार लामो समयदेखि मृगौला र स्वासप्रस्वासको समस्याबाट ग्रस्त पुरुषमा असोज १५ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचाररत रहेका उनको मृत्यु भएको हो ।