इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा एक सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेहरूमा इटहरी २ का चार जना , इटहरी ३ का एक जना, इटहरी ४ का ३१ जना, इटहरी ५ का १४ जना, इटहरी ६ का १६ जना, इटहरी ७ का चार जना, इटहरी ८ का तीन जना, इटहरी ९ का आठ जना र इटहरी १० का एक जना, रहेका छन् ।
यसैगरी, इटहरी ११ का १ जना , इटहरी १२ का ६ जना, इटहरी १४ का एक जना, इटहरी १७ का आठ जना , इटहरी १९ का दुई जना र इटहरी २० का ६ जनामा पनि संक्रमण पुष्टि भएको इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले बताए ।
उनका अनुसार विभिन्न अस्पतालमा स्वैच्छिक रुपमा स्वाब परिक्षण गराउनेमध्ये इटहरी २ का एक जना ,इटहरी ५ का एक जना, इटहरी ६ का दुई जना , इटहरी ८ का चार जना , इटहरी ९ का एक जना र इटहरी १८ का १ जना पनि संक्रमित देखिएका छन् । यससँगै इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या नौ सय ९५ पुगेको छ । संक्रमितमध्ये १० जनाले ज्यान गुमाएको भट्टराईको भनाइ छ ।