इटहरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बेलबारी १० का ३७ बर्षीय युवा र इटहरी –६ का १ जना वृद्धको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार वृद्ध मधुमेहका विरामी थिए । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार युवाको सोमबार साँझ ६ बजेर ४५ मिनेटमा र वृद्धको आज विहान ४ बजे मृत्यु भएको हो । मृतक युवाको असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धको असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।