इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा हिजो बेलुका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम घर भएका ४९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष क्षेष्ठले जानकारी दिए । उनका अनुसार असोज २५ गते निमोनिया देखिएपछि धनकुटा अस्पतालबाट प्रतिष्ठान रिफर गरिएका पुरुष २६ गते प्रतिष्ठानले गरेको पीसीआर परीक्षणबाट संक्रमित देखिएका थिए ।

संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षबाट आइसोलेसनमा स्थानान्तरण गरी उपचार थालिएका उनको हिजो बुधबार साँझ करिब ७ बजे ज्यान गएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार मृतक पुरुषमा कुनै दीर्घरोग भए नभएको यकिन हुन सकेको छैन । यससँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ५४ जना पुगेको छ । उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।