इटहरीःप्रदेश १ मा आज एकैदिन नौ जना कोरोना संक्रमितको मृत्यृ भएको छ । मृतकको यो संख्या प्रदेशभरमा हालसम्मकै उच्च हो । मृत्यु हुनेहरुमा सुनसरीको इटहरीका एक, धरानका चार, मोरङको विराटनगरका एक, सुन्दरहरैँचाको एक र तेह्रथुमका दुई जना रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्ँत्रालयका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना, विराटनगरस्थित कोसी अस्पतालमा दुई जना, विराट नर्सिङ होममा एक जना र होम आइसोलेसनमा एक जना गरी नौ संक्रमितको ज्यान गएको हो । यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका कारण एक सय २२ जनाको ज्यान गएको मन्त्रालयले बताएको छ ।