इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज बिहीबार दिउँसो एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान ६ घर भएका ५५ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार असोज २५ गते स्वासप्रस्वासमा समस्या आएपछि नोबेलमा भर्ना भएका फोक्सोको दीर्घकालीन समस्याबाट पीडित पुरुषमा २६ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएपछि अस्पतालकै कोभिड सेन्टरमा उपचारार्थ भर्ना गरिएकोमा उनको आज दिउँसो १ बजे ज्यान गएको प्रबन्धक दाहालको भनाइ छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको छ ।