इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो कोरोना संक्रमणबाट सर्वसाधारणलाई बचाउन जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

sss-45

 

दसैँ नजिकिएसँगै बजारमा सर्वसाधारणको गतिविधि बढ्ने र संक्रमणले उग्र रुप लिन सक्ने आँकलन गर्दै प्रशासनले निषेधाज्ञा जारी गरी पूर्वसतर्कता अपनाएको हो । जिल्ला प्रशासन कार्यालयले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाबारे सर्वसाधारणलाई अवगत गराएको हो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम आजैबाट लागु हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गरिएको बताए । निषेधाज्ञा अवधिमा शक्तिपीठ तथा मन्दिरमा सामूहिक पूजा, भजन–कीर्तन, मेला–जात्रा,सभा सम्मेलनजस्ता जमघटजन्य गतिविधि गर्न नपाइने उनको भनाइ छ ।