इटहरीः हाल विश्व नै कोरोनाको माहामरीले आक्रान्त बनेको छ । यसैविचमा नेपालीहरुको महान चाड दशैँ तिहार आउनै लागेको छ । दशैँ आउनै लाग्द इटहरीमा सामान किन्नेको भिड बढ््को छ । इटहरीमा मुख्य बजार देखि स–साना थक तथा खुद्र पसलमा पनि सामान किन्नेको भिड उल्लेख्य मात्रामा बढेको छ । कोरोना महामारीको अवस्था इटहरीमा भयावह बन्दा कुनै मापदण्डनै पुरा नगरि इटहरीमा पसल खुलेका छन् । यसले थप जोखिम बढ्ने सम्भावना देखिएको छ । जनस्वास्थ्यका मापदण्ड तोड्नेमा पसललेदेखि सर्वसाधारण सम्म रहेका छन् ।

itahari 2

इटहरीको हङकङ मार्केटमा मोबाइल पसल सञ्चालन गर्दै आएका राजेन्द्र खुलालले ग्राहकलाई स्यानिटाइजर प्रयोग गर्न लगाउँदा भाग्ने गरेको बताउँछन् । साथै उनले सामानमा स्यानिटाइजर प्रयोग गर्दा ग्राहकल संकाको दृष्टिकोणले हेर्ने गरेको बताउँछन् । ‘हामीले आउने ग्राहकलाई स्यानीटाइजर लगाउनुस् भन्दा भाग्छन् । अझ हामीलाई कोरोना लागेको छ र भन्दै तर्किन्छन् । पसलमा राखेको सामानमा स्यानिटाइज गरेको ग्राहकले देख्नुभयो भने यो कहाँबाट ल्याएको हो, म त लादिँन भन्छन् । त्यसैले हामीले स्यानिटाइजरको प्रयोग नगरेका हौँ’, उनले भने ।

उनि जस्तै इटहरीमा कपडा पसल सञ्चालन गर्दै आएका अनिल घिमिरेले बजारमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा भएको छ कि छैन् भनेर प्रशासनले हेर्नुपर्ने बताउँछन् । साथै उनले एउटा ग्राहकले ४÷५ वटा कपडा हेर्ने र सबैमा स्यानिटाइजर प्रयोग गर्न असम्भव भएको बताउँछन् । ‘हाम्रो काम ग्राहकलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध मात्र गर्ने हो । त्यसको सहि प्रयोग भएको छ कि छैन् भनेर सम्बन्धीत निकायले हेर्ने हो । अब जहाँसम्म कपडामा स्यानिटाइज गर्ने कुरा छ यो असम्भव कुरा हो । किन भने एउटै ग्राहकले धेरै कपडा हेरेर एउटा लिएर जान्छन् यस्तो अवस्थामा सबै कपडामा स्यानिटाइज गर्न सम्भव छैन् ।

itahari 3

अर्का कपडा व्यवसायी नविन साहले कपडामा स्यानिटाइज गर्दा कपडा नै बिग्रिने र कसैले प्रयोग गर्न नमान्ने भएकाले स्यानिटाइजरको प्रयोग असम्भव भएको बताए । ‘अब कहाँ कपडामा स्यानिटाइज गर्नु । कपडा स्यानिटाइज गर्दा दाग बस्छ कसैले लग्न मान्नु हुँदैन त्यसैले यसको प्रयोग असम्भव छ’, उनले भने ।