इटहरीः इटहरी आइसोलेसनमा एक बर्षकी वच्चीले सहज ढंगले कोरोना जीतेकी छिन । इटहरी ५ की सायरा प्रधानले कोरोना जीतेकी हुन । उनकी आमा सविना प्रधान र छोरी सायरालाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आमा छोरी असोज १६ देखिनै इटहरी आइसोलेसनमा वस्नु भएको थियो । उहाँहरुमा खास कुनै पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मी शिव कुमार झाले वताए । एक बर्षको उमेरमा कोरोना जीतेकी सायराको प्रथम जन्म दिन पनि इटहरी आइसोलेसनमै मनाइएको छ ।
डिस्र्चाज हुनुअघि केक काटेर आइसोलेसनमा रहेका संक्रमितहरुले सायरालाई जन्मदिनको शुभकामना दिए । “जीवनको पहिलो वसन्तमै कोरोना संक्रमणलाई परास्त गरेकी सायराले जीन्दगीमा जस्तोसुकै कठिन परिस्थिति आएपनि सहज ढंगले परास्त गर्न सक्नेछिन हामीले उनको उत्तरौ उत्तर प्रगति सुस्वास्थ्य एवं प्रगतिको कामना गरयौ,”एक संक्रमितले वताए ।

सायराकी आमाले १५ दिनसम्म आइसोलेसनमा वस्दा खेल्ने,नाँच्ने,गाँउने गरिएको र डिस्र्चाज हुनुअघि नानीको जन्मदिन यहि मनाउन संक्रमितहरुले आग्रह गरेका कारण छोरीको जन्मदिन आइसोलेसनमै मनाएको वताए । आइसोलेसनमा खाना र वस्ने राम्रो प्रवन्ध रहेको जनाउदै उनले उपमहानगरलाई धन्यवाद दिए । स्वास्थ्यकर्मीहरुले लगातार सम्पर्क गरेर आफूहरुको स्वास्थ्य अवस्था वुझेको,चेक जाँच गरेको उनले वताए ।