बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत वर्ष दिनको चाड गीत बिहिबार काठमाडौमा एक कार्यक्रम बीच सार्वजनिक भएको छ।
बेलबारी नगरपालिकाकी उपमेयर एवम् कवि लेखक गीतकार तारा पराजुलीको शव्द रचना रहेको उक्त गीत नेपालीहरुको महान पर्व दशैँसँग सम्बन्धित रहेको छ।गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी निवासी बेलबारीका पहिलो बेलबारी आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ।गीतलाई एरेन्जर राजवाहकले गरेका छन् । 

चलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र महानायकको यो दशै गीत  द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको हो।श्रोताहरुको मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको गीत बजारमा ल्याइने निर्देशक भीम लामाले बताए।
बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै संगीत क्षेत्रमा सम्भावना बोकेका गायक गायिका हुन्।दुबै यो समयका शक्तिशाली गायक गायिका भएकै कारण पनि यो गीत सुन्दर र सफल बन्नेछ,श्रोताहरुको भरपुर माया पाउने छ भन्ने कुरामा म ढुक्क छु। आम श्रोताहरुको माया प्रेमले मात्र प्रतिभाशाली गायकगायिकालाई समेत यस क्षेत्रमा थप स्थापित हुन सहयोग पुग्नेछ-उपमेयर समेत रहेकी रचनाकार पराजुलीले भनिन्। उपमेयर पराजुलीद्वारा लिखित एक दर्जनभन्दा बढी गीतहरु यस अघि नै रेकर्डिङ भइसकेका छन् ।