इटहरीः धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यू भएको छ । नातिको कुटपिटबाट मृत्तकको अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको हो ।

कुटपिटबाट घाईते बृद्धलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यू भएको हो । उपचारको क्रममा उनको धरानमा नै मृत्यू भएको प्रहरीले बताएको छ । धरान बस्दै आएका अबिनास केही महिना अघि मात्र गाउँ फर्किएका थिए ।


घटना पश्चात् अविनासलाई इलाका प्रहरी कार्यालय छिन्ताङको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ । अनुसन्धान जारी रहेको छ । कुटपिटबाट बृद्धको मृत्यू भएकाले अविनासलाई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने डिएसपी श्रेष्ठले बताए ।

नातिको कुटपिटबाट गंम्भीर घाईते भएका फत्तबहादुरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेका थिए । कुटपिटको कारण अहिलेसम्म खुल्न सकेको छैन ।