संखुवासभाः जिल्लाको धर्मदेवी नगरपालिका ३ मुडेका एक ८२ बर्षीय कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ । आज दिउसो १ बजे उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ। उनी ३ दिन देखि होम आइसोलेसनमा बसेका थिए । संक्रमितको मृत्यु भए पश्चात स्थानीयहरु थप त्रसित बनेका छन।