इटहरी :  केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्टा बित्न नपाउदै प्रहरीले कार फेला पार्न सफल भएपनि चोरीमा संलग्नलाइ भने पक्राउ गर्न सकेको छैन । चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ ।

त्यस्तै शुक्रबार इटहरीको मुख्य चौकबाटै एक ब्यवसायीको मोटरसाइकल चोरी गर्न खोज्दा एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गर्न सफल भएको थियो । यसैबिच केहि दिन अघि इटहरी ५ स्थित पार्किङ गरी राखेको आधा दर्जन बढी सिटि सफारीको ब्याट्री चोरी गर्ने गिरोहलाइ पनि इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी वडा न ५ बस्ने २० बर्षिय राज भन्ने लोक बहादुर बि क र इटहरी ७ बस्ने श्यामलाल धामि सहित उनिहरुले चोरेको सामान बिक्री गर्ने मोरङको सुन्दरहरैचा १२ खुर्साने स्थित अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोर कवाडि पसलमा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरेको छ ।

चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

चोरी गर्ने र चोरी गरेको सामान किन्नेलाई समेत इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । उनिहरुलाई इटहरी ५ पश्चिम लाइनबाट पक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
साथै उक्त कवाडि पसलबाट बिभिन्न कम्पनिका चोरी गरी ल्याएको १६ थान ब्याट्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ । हाल बजारमा उक्त ब्याट्रीको मुल्य ३ लाख रहेको छ ।
चोरी गर्ने तथा चोरीको सामान किन्ने ३ जनालाई जिल्ला अदालत सुनसरीबाट चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलयले इटहरीले जानकारी दिएको छ ।