इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आइतबार बिहान एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपाकिा ९ घर भएका ७९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।  उनका अनुसार मुटुको समस्याबाट लामो समयदेखि पीडित पुरुषको आज बिहान ३ः०५ बजे प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा ज्यान गएको हो ।

असोज २६ गते संक्रमित देखिएका पुरुषलाई २७ गते कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।