इटहरीः मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज आइताबार बिहान एक जना कोरोना संक्र्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ७ निवासी ८६ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार लामो समयदेखि क्यान्सरबाट पीडित पुरुषमा कोसी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि असोज २५ गते नोबेल अस्पतालको कोभिड सेन्टरमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा आज बिहान करिब ९ बजे मृत्यु भएको हो । मृतकको परिवारका अन्य तीन जनामा पनि संक्रमण पुष्टि भएकोमा तीनै जना घरमै आइसोलेसनमा बसेका छन् ।