इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा गएराति एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १२ घर भएका ५५ वर्षीय पुरुष रहेको कोसी कोभिड उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार असोज १३ संक्रमण पुष्टि भएका पुरुषको सोही दिनदेखि आइसोलेसनमा उपचार भइरहेकोमा गएराति १०ः५५ बजे उनको ज्यान गएको हो ।

अस्पताल भर्ना भएको १८ दिनपछि ज्यान गुमाएका पुरुष लामो समयदेखि मधुमेह रोगबाट पीडित रहेको पनि व्यवस्थापक बस्नेतले जानकारी दिए ।