इटहरीः ताप्लेजुङमा चल्ने सार्वजनिक सवारीका साधनमा हुने अनियमित गतिविधि रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीको नम्बर लेखिएको स्टिकर सवारीभित्र टाँस्न सुरु गरेको छ ।

यात्रुसँग यातायात व्यवसायीले मनपरि भाडा असुल्ने र दुव्र्यवहार गर्ने घटना दोहोरिन थालेपछि ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय र यातायात व्यवसायीसँग समन्वय गरी स्टिकर टाँस्न थालेको हो । स्टिकर टाँसिएपछि दुव्र्यवहार वा कुनै पनि समस्यामा पर्ने यात्रुले ट्राफिक प्रहरीलाई गाडीको नम्बर जानकारी गराए तुरुन्त कारबाही गर्न सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दीपक दुलालले बताए ।

ट्राफिक प्रहरीले दसैँको अवसरमा सवारी साधनमा हुने ठगी तथा दुव्र्यवहारका घटनाबाट बच्न आफू चढेको सवारीको नम्बर याद राखी समस्या पर्नासाथ तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।