इटहरीः नेपालमा आज आइतबार कोरोना भाइरसबाट दुई हजार नौ सय ४२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर १४ हजार आठ सय ७५ नमूना परीक्षण गरिएकोमा दुई हजार नौ सय ४२ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म देशभर एक लाख ३२ हजार दुई सय ४६ जनामा संक्रमण देखिएकोमा हाल देशभर ३९ हजार तीन सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभर दुई हजार तीन सय २६ जना संक्रमित निको भएपछि निको हुनेको कुल संख्या देशभर ९२ हजार एक सय ६६ जना पुगेको उनको भनाइ छ । संक्रमण निको हुने दर ६९.७ प्रतिशत पुगेको मन्त्रालयको तथ्याङ्क छ । आज देशभर १२ जना संक्रमितको ज्यान गएको बताउँदै प्रवक्ता गौतमले देशभर संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या सात सय ३९ जना पुगेको जानकारी दिए ।