विराटनगरः बिराटनगरमा नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने नेपमेड्स संचालनमा आउने भएको छ । काठमाडौं र चितवन पछि प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा नेपमेड्स संचालनमा आउने भएको हो । बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर ९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित संचालनमा ल्याइएको संचालक सौरभ अधिकारीले बताए । नेपमेड्सले कार्तिक ५ गतेदेखि आफ्नो अनलाइन तथा आउलेट संचालन गर्ने तयारी गरेको छ ।
नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुबिधा सहित संचालन हुन लागेको नेपमेड्स विराटनगरका अध्यक्ष बिबेक दाहालले जानकारी दिए । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक संजालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गइ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने दाहालले जानकरी दिए ।
१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो । नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।
आफ्नो मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट www.nepmeds.com.np बाट लिन सकिन्छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामिको लागि त नेपमेड्स बरदान स्वरुप बन्दै आएको छ ।
नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा ज्ञण् प्रतिशतको छुट प्रदान गर्दै आएको छ । नेपमेड्सले न्युनतम ५ सयको औषधि खरिदमा फ्री होम डिलेभरीको प्रबन्ध गरेको छ । नियमित सेवन गर्ने औषधीको रेकर्ड नेपमेड्स आफैले राख्ने हुँनाले औषधी सकिनु अगावै जानकारी दिने र पुर्याउँने काम गरिरहेको छ ।
यसैगरी, नेपमेड्सले हाल आइएमइ पे बाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।