इटहरीः सुनसरीको इटहरी हुँदै पुर्वका विभिन्न ठाउँमा यात्रु बोकेर हिड्ने सार्वजनिक यातायातले मनपरि भाडा असुल गर्ने गरेको पाइएको छ । सरकारले आसोज १ गतेबाट प्रतिसिट एक जना यात्रु राख्न र भाडामा ५० प्रतिशत वृद्धि गर्न निर्देशन गरेको थियो । सोहि अनुरुप सार्वजनिक यातायातले भाडा असुल गर्न थालेका थिए । तर भाडा वृद्धि गर्ने सवालमा फरक फरक पाइएको छ ।

सुनसरीको इटहरीबाट धरान, विराटनगर, झापा, मोरङ, संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा जाने सार्वजनिक यातायातले मनपरि भाडा असुल गर्ने गरेका छन् । सरकारले गत आसोज २६ देखि सार्वजनीक यातायातमा पुरै यात्रु बोक्न र पहिलाकै दरमा भाडा असुली गर्न निर्देशन गरिसकेको छ । तर यातायात व्यवसायीले पुरै यात्रु बोक्ने तर भाडा ५० प्रतिशत नै लिन गरेको पाइएको छ ।

bus 1

दमकबाट सार्वजनिक यातायात चढेर इटहरी आउनुभएका एक यात्रुले सार्वजनिक यातायातले मनपरि भाडा असुल गर्ने गरेको बताएका छन् । उनले दमकबाट कोरोना महामारीको समय भन्दा अगाडी इटहरी आउँदा ८० रुपैयाँ तिर्दै आएको तर अहिले त्यो झण्डै दोबर भएको बताए । उनले भाडा वृद्धि हुनु सोभाविक भएको तर एकरुपता नभएकोमा गुनासो गरे ।

यता राष्ट्रिय यातायात व्यवसायी महासंघ सुनसरीका अध्यक्ष धुर्व राज घिमिरेले सरकारले गत असोज २६ गते निर्णय गरे पनि आफूलाई आधिकारीक पत्र शनिबार बेलूका मात्र आएको जानकारी दिए । साथै उनले सर्वसाधारणले सञ्चार माध्यबाट गाडिको भाड घटेको थाहा पाएको तर आधिकारीक पत्र नआएकाले पुरानै दरमा भाडा लिँदै आएको जानकारी दिए । उनका अनुसार नयाँ आदेश आएपछि अब सार्वजनिक यातायातले पुरा नै दरमा भाडा असुल गर्ने छन् ।