प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

  • कार्तिक ३, २०७७
  • १२९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् ।
मोरंगको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ ।
प्रदेश १ मा आज ४६५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा होम आईसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरीको शिक्षामन्त्रीद्धारा उद्घाटन

इटहरीः नर बहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा संचालित  नर बहादुर कर्मचार्य बहुप्राब ...

दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ (भिडियो)

इटहरीः आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्व ...

अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउँने अभियानमा छौँःउपप्रमुख पराजुली

बेलबारीः बेलबारीमा २९ औँ अपाङ्गता दिवस मनाइएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपांगता ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved