इटहरीः मोरङको रतुवामाई नगरपालिका ७ जामबाडीबाट गएराति प्रहरीले १२ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रतुवामाई ७ बस्ने ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाल, ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेति रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।
उनका अनुसार पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले १४ हजार दुई सय ७० रुपैयाँ, ६ सय मलेसियाली रिंगेट, १२ बुक तास र तीन थान मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षा कायम राख्न जुवाविरुद्ध अभियान चलाएसँगै अभियुक्तहरु पक्राउ पर्न थालेको उनको भनाइ छ ।
उनका अनुसार अभियानकै क्रममा बेलबारी–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेका ६ असोज २३ गते पक्राउ परेकोमा उनीहरुका साथबाट प्रहरील दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ, एक सेट कौडा, तीन बुक तास, एउटा गाडी, मोटरसाइकल र स्कुटर बरामद गरेको थियो ।
                    
        
        
                            
                                                            
        



















