इटहरीः नेपालमा आज मंगलबार थप तीन हजार ३९ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गरिएका १३ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षणबाट तीन हजार ९३ जना संक्रमित पहिचान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म देशभर एक लाख ३९ हजार एक सय २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।

यस्तै आज देशभर दुई हजार एक सय आठ जना संक्रमित निको भएका छन् । यससँगै देशभर संक्रमणबाट मुक्त हुनेको सख्या ९६ हजार ६ सय नौ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार आज देशभर आठ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै देशभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय ६५ जना पुगेको छ । मन्त्रालयले हाल देशभर ४१ हजार सात सय ७५ जना सक्रिय संक्रमितहरु रहेको जनाएको छ ।