खोटाङः दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबेश गरेका छन् । नेकपाले बतासेमा आयोजना गरेको कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रमा नेपाली काँग्रस तथा जनता समाजबादी पार्टीका १५१ जना नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
काँग्रेसका नेता रमेश राई, सुवास प्रधान र जनता समाजवादी पार्टीका ईश्वर कटुवाल, नेपाल महिला सङ्घकी प्रमिला थापा सहित १५१ जना काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ता नेकपा प्रवेश गरेका नेकपा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका इन्चार्ज चर्चबहादुर विश्वकर्माले बताए । काँग्रेस र समाजवादी पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र नेकपाकै केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायतले फुलमाला र अबिर लगाएर स्वागत गरे ।

121966023_831106344303743_9036950085631759842_n
कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई शफत ग्रहण गराउनुहुँदै प्रमुख अतिथि भट्टराईले पार्टीको नीति तथा निर्देशनमा रहेर जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा खोटाङका सचिव राम दंगाल, जिल्ला सचिवालय सदस्य दिपक पाण्डे ‘आकाश’ लगायतका नेता तथा कार्यकर्ताको उस्थिति रहेको थियो ।
नेकपाले जिल्लाका दश स्थानीय तहमध्ये सातवटा शुक्रबार कार्यकर्ता भेला तथा सङ्गठन सुदृढीकरण कार्यक्रम गरेको थियो । कोरोना भाइरसका कारण साकेला, केपिलासगढी र खोटेहाङ गाउँपालिकामा उक्त कार्यक्रम नभएको नेकपा खोटाङका प्रचार बिभाग प्रमुख संगिन राईले बताए ।

121818512_807527936457553_4760109630551752287_n