विराटनगरः कोरोना संक्रमण भई उपचार गराईरहेका श्रीमान् श्रीमतिको १२ घण्टाको फरकमा हिजो विराटनगरमा मृत्यु भएको छ । दुई छुट्टा छुट्टै अस्पतालमा भर्ना गरि उपचार गराईरहेक रंगेली नगरपालिका ४ का ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमती रहेकी छिन् । उनीहरु दुवैको १२ घण्टाको फरकमा उपचारको क्रममा ज्यान गएको अस्पताले जनाएको छ ।

श्रीमानको विराट नर्सिङहोममा सोमबार राति र श्रीमतीको मोरङ सहकारी सोमबार बिहान अस्पतालमा ज्यान गएको थियो । उनीहरु दुवैको उपचारको क्रममा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । गत २८ गते श्रीमान् अस्पताल भर्ना भएलगत्तै श्रीतमी पनि अस्वस्थ भएपछि परिकारले मोरङ सहकारीमा भर्ना गरेका थिए ।