इटहरीः केहि साता यता तपाईँ इटहरी बासीको दैनिकीमा ‘आयो आयो’ र ‘गयो गयो’ भन्ने शब्द खुब प्रयोग हुन्छ होला । कोशी राजमार्ग अन्तर्गतको रानि धरान ६ लेन सडक परियोजना निमार्णका लागि भन्दै केहि सातादेखि इटहरीमा विधुत अवरुद्ध भइरहेको छ । प्रचण्र्ड गर्मिको समयमा दिनभर लाइन नहुँदा समस्या परेको हो । यसरी सडक फराकीलो बनाउँन भनेर हटाइएका विधुत पोल नमिलाउँदा लाइन आउँदै जाँदै गर्दै हो । त्यसैले तपाईँको दैनिकिमा आयो आयो र गयो गयो भन्ने शब्दको बढी प्रयोग भएको हो ।

६ लेनले सडकमा जथाभाबी छरीएका तार नमीलाउँदा विधुत नआउने मात्र होइन् सामान्य आवात जावातमा पनि समस्या हुने गरेको छ । तारका कारण पसल सञ्चालकदेखि सर्वसाधारण सबै मारमा परेका छन् । नेपाल विधुत प्रधिकरण इटहरी वितरण केन्द्रलाई हामीले सोध्दा यो काम सडक विभागको हो भन्दै पन्छिएका छन् । वितरण केन्द्रका प्रमुखले पोल हटाउने र लाइन मिलाउने काम सडक विभागको भएको बताएका छन् । उनले प्राधिरणको काम सुपरभिजन गर्ने मात्र भएको जानकारी दिए ।

 यता सर्वसाधारण र पसल सञ्चालकले विद्युत्को तार जथाभावी फाल्दा सास्ती भोग्दै आएको गुनासो गरेका छन् । इटहरी ९ को विराटनगर लाइनमा सुनचाँदि पसल सञ्चालन गर्दै आउएका ज्ञानेन्द्र फुँयालले बाटोमा जताततै तार फाल्दा लड्ने खतरा बढेको बताए । साथै उनले सडकमा जताततै तार हुँदा पनि कसैले ध्ययन नदिएकोमा गुनासो गरे । यस्तै सोहि ठाउँका बल बहादुर कटुवालले पनि बाटोमा जथाभावी तार राख्दा अप्ठ्यारो भएको बताए । उनले वृद्धवृद्धालाई अरुलाई भन्दा बढी समस्या भएको भन्दै छिटो समस्या समाधान गर्न अपिल गरेका छन् ।

यस्तै इटहरीमा इ–रिक्सा चलाउँदै आएका होमनाथ देवकोटाले तारले रिक्सा चलाउन समस्या भएको बताए । उनले नियमक निकायले ध्ययन नदिदाँ सास्ती खेपेर रिक्सा चालाउनु बाध्य भएको दुखेसो पोखे ।