इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने कल्पना भट्टको दुवै मृगौलाले काम गर्न छोडेपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

मृगौला प्रत्यारोपण तथा डाइलासिस गर्ने रकम अभाव भएपछि भट्टका पति विनोदकुमार भट्टले सहयोगको याचना गरेका छन् । उनका अनुसार वुद्ध बाबुआमा, बालबालिका र श्रीमतिको भरणपोषणको दायित्व आफ्नै हातमा रहेको र खेतिपातिबाहेक अन्य कुनै आयस्रोत नभएकाले श्रीमतिको उपचारमा खर्च जुटाउन समस्या भएको हो । आर्थिक अभावका कारण छाक टार्नसमेत मुस्किल परिरहेको भन्दै उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन परोपकारी दाताहरुलाई अनुरोध गरेका छन् ।

नौ महिनायता पटकपटक विराटनगरको नोबेल र गोल्डेन अस्पतालमा उपचारार्थ लगिएपनि आर्थिक अभावमा उपचार नगरी घर फर्काइएको उनको भनाइ छ । उनका अनुसार काठमांडौमा मृगौला प्रत्यारोपण गर्न आर्थिक अभावका कारण समस्या भएको छ । बिरामी भएयता श्रीमतिको उपचारमा करिब नौ लाख रुपैयाँ खर्च भइसकेको विनोदको भनाइ छ । सहयोग संकलनका लागि विनोदले आपm्नै नाममा गाईघाटस्थित सानीमा बैँकको शाखामा ०४६०११०५०००११६५ नम्बरको खाता खोलेका छन् । इच्छुक दाताले सोही खातामा सहयोग रकम पठाइदिन सक्नेछन् ।