इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका १ घर भएका ८३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार कात्तिक ३ गते संक्रमित पुष्टि भएपछि सोही दिन प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको आज बिहान २ः१० बजे ज्यान गएको हो ।

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहजस्ता रोगबाट पीडित रहेको सहप्रवक्ता श्रेष्ठले बताए । यससँगै प्रतिष्ठानमा संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ६९ जना पुगेको प्रतिष्ठानले जनाएको छ ।