इटहरीः संखुवासभाको धर्मदेवी नगरपालिका –४ मा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
आज बिहान ९ बजे चितुवाले आक्रमण गर्दा प्रतिकार गर्ने क्रममा धर्मदेवी–४ हुम्लिङका ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे र ४० वर्षीय टंक श्रीपाली घाइते भएकोे धर्मदेवी–४ का वडाध्यक्ष अनिरुद्र सिंह लिङखाको भनाइ छ । उनका अनुसार चितुवाले गाउँमा भएका बाख्रा मार्न थालेपछि प्रतिकारमा उत्रिएका स्थानीय आक्रमणमा परेका हुन् ।
घाइतेमध्ये टंक र धनबहादुरको अवस्था गम्भीर रहेको बताउँदै उनले घाइतेहरुलाई उपचारार्थ चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको बताए । उनका अनुसार चितुवाले १३ ओटा खसी तथा बाख्रासमेत मारेको छ ।