इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिउँसो एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १८ घर भएकी ५६ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार असोज २७ गते कोरोना संक्रमित भएकोमा कात्तिक ३ गते प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचारार्थ भर्ना भएकी महिलाको आज दिउँसो उपचारका क्रममा ज्यान गएको हो ।

महिला लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेको सहप्रवक्ता श्रेष्ठको भनाइ छ ।