इटहरीःप्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की कोरोना संक्रमित देखिएका छन् ।
हिजो बिहीबार स्वाब संकलन गराएका मन्त्री कार्कीको परीक्षण नतिजा आज सार्वजनिक भएपछि उनी संक्रमित देखिएका हुन् । आफूमा कोरोना संक्रमण पुष्टि भएसँगै विराटनगरस्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेका मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई संक्रमण भएकोबारे सर्वसाधारणलाई जानकारी दिएका छन् ।
कनट्याक्ट ट्रेसिङका क्रममा गरिएको स्वाब परीक्षणको नतिजा असोज २९ गते नेगेटिभ आएप्नि रुघाखोकीजस्ता लक्षणका कारण शंका लागी घरमै आइसोलेसनमा रहेका मन्त्री कार्कीले दोस्रो पटक स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।