इटहरीः सुनसरी जिल्लाका सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकमीको निःशुल्क कोरोना बीमा गरेको थियो ।
कोरोना लागेका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँया हस्तान्तरण गरिएको हो ।
‘बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण हामीले अहिले दुई लाख रुपैँया ऋण काढेर दश–दश हजार रुपैँया हस्तान्तरण गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दशैँको समयमा मिडिया हाउसले पनि तलव दिन नसकिरहेको अवस्थामा तत्कालको खच{का लागि भनेर सो रकम घरमै गएर सहयोग गरेका हौँ ।’
उनले पछि बीमा बापतको आएको एक लाखबाट दश हजार कटाएर ९० हजार रुपैँया दिने बताउँदै तत्कालको बिषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा युनियनले रकम दिएको बताए ।
सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई दश हजारका दरले दुई लाख रुपैँया दिईएको उनको भनाई थियो । अधिकारीले भने, ‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिईएको हो, यतिबेला अफ्ट्यारो परेको समयमा हामीले यो रकम दिदाँ पत्रकारहरुका लागि केही भएपनि रकम खच{ होस् भन्ने उदेश्यले यो रकम दिएका छौँ ।’
कोरोना पीडित धरानका सक्रिय पत्रकार केदार बस्नेतले भने युनियनले यो समयमा सहयोग गर्नु प्रशंसनीय काम रहेको बताए । उनले भने, ‘समस्याका बाबजुद पनि प्रेस जगतमा काम गने{हरुले न्यूनतम पारिश्रमिक समेत नपाईरहेको अवस्थामा पत्रकारको संरक्षणका लागि युनियनले चालेको कदम उदाहरणीय छ ।’ श्रमजीवि पत्रकारहरुले न्यूनतम रकम समेत नपाएको अवस्थामा उक्त रकम दिनु उदाहरणीय काम रहेको बताए ।
दुहवीका पत्रकारआशिष यादवले युनियन सुनसरीले अहिले समस्या भईरहेको समयमा दश हजार रुपैँया दिनु सराहनीय काम रहेको उल्लेख गरे । यादवले भने, ‘अहिलेको कठीन समयमा पाएको यो रकमले ठूलो राहत भएको महसुस भएको छ ।’यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो ।