इटहरीः कोरोना संक्रमण भई उपचार गराईरहेकी मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति निधन भएको छ । उनको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा भईरहेको थियो ।
बालिकालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनलाई कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले बताए । उनका अनुसार मृतक बालिकामा मस्तिष्क सम्बन्धी समस्या थियो ।