धरानः श्वास फेर्न कठिन भएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका ५३ बर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १३ का ५३ बर्षीय पुरुषको प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर गरिए पनि रिपोर्ट आइसकेको छैन । तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यवस्थापन गरिने छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मृतकलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षणहरु देखिएको थियो । लक्षण देखिएपछि शुक्रबार वीपीमा गएर स्वाब दिएका थिए । घरमा आराम गरिरहेको बेला हिजो सास फेर्न गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो । उनको रिपोर्ट आउन साथ नेपाली सेनाले शब व्यवस्थापन गर्ने मेहेताले बताए ।