इटहरीः कोरोना संक्रमण भई नोबेल अस्पताल विराटनगरमा उपचार गराईरहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको भारतको शिलगुडीस्थित हिलकार्ट रोडमा रहेको सुविधा सम्पन्न किन्स अस्पतालको ३०५ नम्वर क्याविनमा थप उपचार भईरहेको छ ।
मंगलवारसाँझ अस्पताल भर्ना भएपछि डक्टर शेखर चक्रवर्ती नेतृत्वको टिमले उनको उपचार शुरू गरेको उनका प्रेश सल्लाहाकार लक्ष्मि उप्रेतीले जनाएका छन् ।

रातिसम्ममा उनँको गर्नुपर्ने सवै नरमल परीक्षण गरिएको भए पनि रिपोर्ट आउन बाकी रहेको उप्रेतीले जनाए । अहिले मेयर आर्चायको स्वास्थ्य अवस्था ठिकै रहेको उनले जनाए । डक्टर चक्रवर्तीका अनुसार नगरप्रमुख आचार्यको छातीमा संक्रमण छ । तर, उपचार सम्भव छ । सिलगुढीमै निको हुने कुरा डक्टर चक्रवतीले जानकारी दिएको प्रेश सल्लाहकार उप्रेतीले बताए । हिजो २ पटकसम्म डक्टर चक्रवर्ती नेतृत्वको टिमले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।
उनको पीसीआरसहित सवै परीक्षणहरू आज हुने छ । अहिले विहान ११ बजे डक्टरले भिजिट गरेपछि थप जानकारी गराउने छन् । उनलाई दिल्ली लैजाने भन्ने कुरा अहिलेसम्म भएको छैन । उनि निक्कै फ्रेस रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको नगरप्रमुख आचार्यका भाइ सन्तोषले जनाएका छन् । उनका अनुसार डाक्टरहरुको टीमले राम्रो रेखदेखमा उपचार गराईरहेकाले सिलगुढीमै आर्चायको सफल उृपचार हुनेमा आफुहरु ढुक्क रहेको भाई सन्तोषले जानकारी दिएका छन् ।