इटहरीः सप्तरीको फत्तेपुरस्थित सप्तकोसी नगरपालिकाले नगरका कोरोना संक्रमणबाट अति प्रभावित १० र ११ नम्बर वडालाई पूर्ण रुपमा सील गरेको छ ।
गत कात्तिक ४ र ७ गते गरिएको पीसीआर परीक्षणबाट नगर क्षेत्रका ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयहरुबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।
नगर प्रमुख उत्तमकुमार शर्माका अनुसार नगरपालिका तथा वडा कार्यालयहरुको सेवा आगामी कात्तिक १८ गतेसम्म अवरुद्ध हुनेछन् । कार्यालय बन्द भएपनि आकस्मिक सेवाको प्रवाह भने यथावत रहने उनको भनाइ छ ।