इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा झापाको शिवसत्ताक्षी नगरपालिका घर भएका ३८ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । उनका अनुसार कात्तिक १२ गते निमोनियाको उपचारका लागि नोबेलमा भर्ना भएका पुरुषमा सोही दिन कोरोना संक्रमण देखिएको थियो ।

मृतकमा कुनै पनि दीर्घरोग नभएको बताउँदै दाहालले संक्रमित भएपछि अस्पतालको आइसोलेसनमा उपचाररत रहेका उनको आज शुक्रबार बिहान ८ बजे ज्यान गएको बताए । दाहालका अनुसार यसअघि मृतकका भाइको पनि संक्रमणकै कारण ज्यान गएको थियो ।