धरानः कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका पूर्व मन्त्री तथा नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । गत उनमा कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ ।

संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ ।

चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो ।बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।