इटहरीः झापाको दमक नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ जना पुगेको छ ।

हिजो शुक्रबार दमक ४ बस्ने संक्रमित पुरुषको दाहाल प्रतिष्ठानमा रहेको आइसोलेसन सेन्टरमा ज्यान गएपछि मृतकको संख्या १५ पुगेको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुवेर कडायतका अनुसार मृतक पुरुषमा चार दिनअघि संक्रमण पुष्टि भएकोमा उनी सोही दिनदेखि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा रहेका थिए ।

मृतक लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त रहेको पनि कडायतले प्रष्ट पारे । दमकमा हालसम्म पहिचान भएका चार सय नौ जना संक्रमितमध्ये अधिकांश निको भइसकेको कडायतको भनाइ छ ।