इटहरीः मोरङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरषको आज सोमबार बिहान ज्यान गएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ घर भएका ५३ वर्षीय पुरुष रहेकोअस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक ६ गते संक्रमित पुष्टि भई घरमै आइसोलेसनमा रहेका पुरुषलाई स्वास्थ्य अवस्था जटिल बनेपछि कात्तिक १५ गते उपचारार्थ न्युरो अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएकोमा आज बिहान ८ः५० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मृतक कोरोना संक्रमित हुनुका साथै निमोनिया र उच्च रक्तचापको समस्याबाट समेत पीडित रहेको आचार्यको भनाइ छ ।