धरानः कोरोना संक्रमण भई उपचार गराईरहेका धरानका विकास प्रेमी नेता एव्म सामाजिक अभियान्ता गजेन्द्र इस्वोको आज बिहान करिब ४ बजे निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित इस्वोलाई केही साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको वीपी प्रतिष्ठान धरानमा उपचार भएपनि थप समस्या भएपछि विराटनगर स्थित न्युरो अस्पतालमा भर्ना गरि उपचार गराएपनि बचाउन नसकिएको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पदम अधिकारीले बताए ।
इस्वो धरान उपमहानगरपालिकामा केही महिना अघि भएको उप निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार समेत थिए । धरानको विकासमा अतुलियन योगदान पुर्याएका उनि सामाजिक सेवा कार्यमा उत्तिकै सक्रिय थिए ।
भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वोलाई धराने जनताले विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् ।
किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागेर स्वदेशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी धरानमा रहेर विकाशमा लागेका थिए । उनि जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिको उपाध्यक्ष समेत रहेका छन् । इस्वोको निधनले जनता समाजवादी पार्टीलाई मात्रै नभई देशलाई नै अपुरणीय क्षति भएको पार्टीका केन्द्रिय सदस्य अधिकारीले बताए ।