इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो सोमबार साँझ एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा सप्तरीको महादेवा–६ घर भई हाल सुनसरीको धरान– १८ बस्ने ३० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए । उनका अनुसार कुनै पनि दीर्घरोग नभएका पुरुषमा हिजो नै कोरोना संक्रमण पुष्टि भई उपचारार्थ आकस्मिक कक्षमा भर्ना गरिएका उनको कोभिड अस्पताल लैजान नपाउँदै साँझ ५ः४० बजे ज्यान गएको हो ।