इटहरीः पाँचथरस्थित जिल्लास्तरीय संकटव्यवस्थापन समितिको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रवेशमा कडाइ गर्न निर्देशन दिएको छ ।

निर्देशनसँगै स्थानीय तहहरुले जिल्ला भित्रने सवारीका साधनले स्वास्थ्य मापदण्ड पालना गरेको यकिन गरेर मात्र जिल्ला प्रवेश दिने भएको छ । बैठकले जिल्ला प्रवेश गर्ने व्यक्तिको लगत चुस्त दुरुस्त राख्न निर्देशन दिएपछि प्रत्येक स्थानीय तहमा कम्तिमा दुई जना कर्मचारी परिचालन गरी लगत अद्यावधिक गरिने भएको छ ।

यसबाट स्थानीयमा भित्रने मानिसको विवरण स्थानीय तहलाई उपलब्ध हुँदा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा मदत पुग्ने विश्वास लिइएको छ ।