इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित न्युरो अस्प्तालमा आज मंगलबार सुनसरीका एकसहित दुई जना कोरोना संक्रमितको उपचारका क्र्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका १५ घर भएका ६३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका ११ घर भएका ४९ वर्षीय पुरुष रहेको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार गत असोज २७ गते संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका धरानका पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि कात्तिक १२ गते उपचारार्थ न्युरोमा भर्ना भएकोमा उपचारका क्रममा आज बिहान ३ः३० बजे उनको मृत्यु भएको हो ।
यसैगरी, कात्तिक १४ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ न्युरोमा भर्ना भएका विराटनगरका पुरुषको उपचारका क्रममा आज बिहान ३ः५० बजे मृत्यु भएको प्रशासकीय अधिकृत आचार्यले बताए ।