इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका १६ घर भएका ७७ वर्षीय पुरुष रहेको अस्पताल प्रशासनले जनाएको छ । गत कात्तिक ८ गते संक्रमित पुष्टि भई सो अस्पतालमा उपचार गराइरहेका पुरुषमा कुनै दीर्घरोग नभएको निजको परिवारले जनाएको छ ।
मृतक शव स्वास्थ्य सावधानीका साथ वयवस्थापन गरिने धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताको भनाइ छ ।