इटहरीः कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने संविधानद्वारा निर्दिष्ट प्राथमिक दायित्वबाट विमुख भएको सरकारले संक्रमितबाटै शुल्क असुली गर्न थालेको छ ।

korona pramanit shulka.

 

मोरङको विराटनगर महानगरपालिकाले घरमा आइसोलेसनमा बस्ने संक्रमितबाट प्रमाणपत्र जारी गरेको बहानामा शुल्क उठाउन थालेको हो । महानगरपालिकाले संक्रमितबाट पाँच सय १० रुपैयाँ शुल्क असुलेर मात्र घरमा आइसोलेसनमा बसेको प्रमाणित हुने कागज जारी गर्न थालेको छ ।

कार्यालयमा बिदा पाउन तथा बिमा भुक्तानी लिनका लागि अनिवार्य आवश्यक बनाइएको सो प्रमाणपत्र वडा कार्यालयले निःशुल्क जारी गर्ने गरेकोमा महानगरले परिपत्र गरी शुल्क उठाउन निर्देशन दिएको हो । अन्य सिफारिस शिर्षकमा पाँच सय रुपैयाँ र निवेदन दस्तुरबापत दश रुपैयाँ शुल्क निर्धारण गरी परिपत्र गरेकोमा केही वडा कार्यालयले भने रकम उठाउन अस्वीकार गरेका छन् ।

यता, महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने बिमा भुक्तानीका लागि आवश्यक पर्ने दस्तावेज भएकाले शुल्क असुली गरेको जिकीर गरेका छन् ।