इटहरीः गत कात्तिक ११ गते कोरोना संक्रमण पुष्टि भई घरमै आइसोलेसनमा रहेका हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

स्वास्थ्यमा समस्या थपिएपछि उपचारार्थ बुधबार काठमांडौको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका गजुरेलको स्वास्थ्यमा सुधार नभएपछि हिजो बिहीबार अस्पतालले उनलाई आईसीयूमा राखी उपचार गर्न थालेको हो । दाजुलाई उपचारका लागि अस्पताल लैजाने कार्यमा संलग्न भएका गजुरेललाई टाउको दुख्ने,ज्वरो आउनेजस्ता लक्षण देखिएपछि उनले पीसीआर परीक्षण गराएका थिए ।

परीक्षणको नतिजा पोजिटिभ देखिएपछि उनले सामाजिक सञ्जालमार्फत् सबैलाई आफू संक्रमित भएको जानकारी गराउँदै आइसोलेसनमा बसेका थिए ।