इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित मलिाको उपचारका क्रममा ज्यान गएको छ ।
मुत्यु हुनेहरुमा सुनसरीको दुहबी नगरपालिका ९ घर भएकी ६८ वर्षीया र झापाको शिवसताक्षी नगरपालिका ६ घर भएकी २६ वर्षीया महिला रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार गत कात्तिक १७ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ नाबेलमा भएकोमा आइसोलेसनमा राखी उपचार सुरु गरिएकी सुनसरीकी महिलाको हिजो शुक्रबार राति करिब ९ बजे ज्यान गएको हो ।
यसैगरी, प्रबन्धक दाहालले झापाकी महिलामा कात्तिक १५ गते संक्रमण देखिएपछि उपचारार्थ सोही दिन अस्पताल भर्ना गरिएकोमा उनको उनको आज बिहान करिब ३ बजे उपचारका क्रममा ज्यान गएको जानकारी दिए ।